नियम ४३क
कबुलियत गरी सञ्चालन गर्न दिन सकिने
(१) यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि संयुक्त व्यवस्थापनमा रहेको वा नेपाल सरकारद्वारा सञ्चालित प्रणालीभित्रका नहर, शाखा नहर, प्रशाखा नहर तथा कुलोको आंशिक वा पूर्ण रुपमा मर्मत, सम्भार तथा सञ्चालनको जिम्मेवारी कुनै व्यक्ति, उपभोक्ता संस्था वा गैर सरकारी संस्थालाई प्रतिस्पर्धाको आधारमा विभागले कबुलियत गरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कबुलियत गरी दिनको लागि राष्ट्रियस्तरको पत्रपत्रिकामा कम्तिमा पैंतीस दिनको सूचना प्रकाशन गर्नु पर्नेछ र सो सम्बन्धी अन्य कार्यविधि निर्देशिकामा उल्लेख भएबमोजिम हुनेछ ।